अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकोमा युनिसेफको चिन्ता

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक रहेको बताएको छ । सो संस्थाले यहाँका बालिकाको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको हो ।

अफगानिस्तानमा सानो उमेरमा पनि बालिकाको विवाह हुने गरेको तथा दाइजोका लागि बालिकाहरूकै किनबेचसमेत हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ ।

अफगानिस्तानमा बालिकाको उमेर नपुग्दै विवाह हुने मात्र नभएर उनीहरूलाई दाइजोका रूपमा समेत किनबेच हुने गरेका सूचनाहरू पाएको भन्दै युनिसेफले यहाँका बालिकाको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेकाे छ । 

यहाँ सन् २०१९ मा समेत १८३ वटा बालविवाह भएको र १० जना बालिकालाई बिक्री गरिएको एक रिपोर्टमा जनाइएको युनिसेफले जनाएको छ । युनिसेफले यसरी बिक्री गरिएका बालिकाको उमेर ६ महिनादेखि १७ वर्षको उमेरका रहेका पनि बताएको छ । 

एक रिपोर्टअनुसार हाल यहाँका २८ प्रतिशत युवतीको १८ वर्ष अगावै विवाह हुने गरेको छ । महिला तथा बालिकाको यस्तो अवस्था रहेको अफगानिस्तानमा हालको तालिबानको शासनका समयमा महिला तथा बालिकामाथि थप समस्या हुनसक्ने भन्दै यसप्रति युनिसेफले चिन्ता व्यक्त गरेको हो । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १२:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया