सर्वोच्चको समस्या तत्काल समाधान गर्न त्रिविका चार पूर्वउपकुलपतिको आग्रह

त्रिभुवन विश्वविद्यालयका चारजना पूर्वउपकुलपतिले सर्वोच्च अदालतमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गरी यसबारे सरकार र दलहरूको ध्यानाकर्षण गराएका हुन् । 

‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको नेपाल बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासीनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ,’  उनीहरूले भनेका छन्, ‘न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता जाने कहाँ ?’ 

यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु भनेको अत्यन्त आश्चर्यलाग्दो भनदै उनीहरुले न्यायालयप्रतिको जनताको विश्वासमा कमी आउन नदिन पनि तत्काल निकास निकाल्नुपर्ने बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १९:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया