गठबन्धन टुटाउन खोज्नेको सपना चकनाचुर : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने हो कि भन्ने आशंका नपाल्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । 

अध्यक्ष नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमति भएको उनले बताए । सो सहमतिले गठबन्धनलाई टुटाउन खोज्नेहरुको सपनालाई चकनाचुर पारेको नेपालले दाबी गरे । 

सानेपास्थित हेरिटेज प्लाजामा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयू लामो छैन भन्नेहरुलाई जवाफ दिनेगरी आफूहरुले राष्ट्रिय सभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेको स्पष्ट पारे । 

अध्यक्ष नेपालले भने, ‘पाँचदलीय राजनीतिक गठबन्धनले आउने चुनावसम्मको सन्दर्भमा खास गरीकन आउँदो चुनावलाई फोकसमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुटने सहमति गरेको छ । राष्ट्रिय सभाको चुनाव र प्रतिनिधिसभा तथा प्रदेशसभामा रिक्त उपनिर्वाचनमा पनि मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमति भइसकेको छ । गठबन्धनको आयु लामो छैन भन्ने सोच र चाहना सबै चकनाचुर भएका छन ।’

अध्यक्ष नेपालले दुईवटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्कसमेत गरे । 

कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिए । एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै उनले त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १९:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया