भारतीय सेनाको उपस्थिति हटाउन माग गर्दै माल्दिभ्समा प्रदर्शन

भारतीय सेनाको उपस्थिति हटाउन माग गर्दै माल्दिभ्सको राजधानी मालेमा प्रदर्शन भएको छ । यो भारतीय सैन्य उपस्थितिलाई लिएर त्यहाँ भएको यो वर्षको दोस्रो ठूलो प्रदर्शन हो ।

माल्दिभ्समा विपक्षी गठबन्धनले आयोजना गर्दै आएको ‘माल्दिभ्सको रक्षा’ अभियान चलाउँदै आएको छ । प्रदर्शनमा विपक्षी गठबन्धन, सेवानिवृत्त वरिष्ठ सैन्य र प्रहरी अधिकारीको पनि उपस्थिति छ । 

प्रदर्शनकारीले राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, रक्षामन्त्री मारिया दिदी र विदेशमन्त्री अब्दुल्ला साहिद एसीको समेत राजीनामा मागेका छन् । माल्दिभ्सबाट विनासर्त भारतीय सेना हटाउनुपर्ने उनीहरुको माग छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार २१:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया