कंगनाले सोधिन्– १९४७ मा भारतमा कुन युद्ध भएको थियो र ?

बलिउड अभिनेत्री कंगना रनौटले शनिबार आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक गम्भीर प्रश्न गरेकी छिन् । अहिले यो प्रश्नलाई भारतीय मिडियाले निकै प्राथमिकता दिएका छन् ।

उनले गरेको प्रश्न हो– सन् १९४७ मा कुन युद्ध भएको थियो ? यसको जवाफ कसैले दिएको खण्डमा आफूले पद्मश्री सम्मान फिर्ता गर्ने पनि उनले बताएकी छिन् ।

यसअघि उनले एक कार्यक्रममा भारतलाई वास्तविक स्वतन्त्रता २०१४ मा मिलेको बताएकी थिइन् । उनले सन् १९४७ को स्वतन्त्रता त भीख भएको बताएकी थिइन् ।

उनको यो अभिव्यक्ति आएपछि भारतमा उनको विरोधमा व्यापक आवाज उठेको थियो । 

अब उनले इन्स्टाग्राममा आफूहरुले सन् १८५७ मा सामूहिक लडाई लडेको तर १९४७ मा कुनै युद्ध नलडेको पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार २२:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया