आइसिसी टि–२० विश्वकप फाइनल : पहिलो उपाधिको खोजिमा अस्ट्रेलिया र न्युजिल्यान्ड

आइसिसी टि–२० विश्वकपको उपाधिका लागि आइतबार अस्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राति पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । 

अस्ट्रेलिया पाकिस्तान तथा न्युजिल्यान्ड इंग्ल्यान्डलाई समान ५ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टोली फाइनल पुगेसँगै आइसिसी टि–२० विश्वकपले नयाँ विजेता पाउने पक्का भएको छ । 

दोस्रोपटक टि–२० विश्वकपको फाइनल खेल्न लागेको अस्ट्रेलिया यसपटक भने जित हात पार्दै उपाधि उचाल्ने प्रयासमा हुनेछ । 

अस्ट्रेलिया सन् २०१० मा इंग्ल्यान्डसँग पराजित हुँदै उपविजेता बनेको थियो । 

पहिलोपटक टि–२० विश्वकप खेल्दै गरेको न्युजिल्यान्ड पनि पहिलो प्रयासमै सफलता हात पार्ने दाउमा छ । 

यी दुईबीच टि–२० विश्वकपमा हाल भएको एक मात्र खेल न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको छ । उसले २०१६ मा ८ रनको जित निकालेको थियो ।    




 



  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार ७:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया