आइसिसी टी–२० विश्वकपको उपाधिका लागि आइतबार अस्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
अस्ट्रेलिया पाकिस्तान तथा न्युजिल्यान्ड इंग्ल्यान्डलाई समान ५ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टोली फाइनल पुगेसँगै आइसिसी टी–२० विश्वकपले नयाँ विजेता पाउने पक्का भएको छ ।
दोस्रोपटक टी–२० विश्वकपको फाइनल खेल्न लागेको अस्ट्रेलिया यसपटक भने जित हात पार्दै उपाधि उचाल्ने प्रयासमा हुनेछ । अस्ट्रेलिया सन् २०१० मा इंग्ल्यान्डसँग पराजित हुँदै उप-विजेता बनेको थियो ।
पहिलोपटक टी–२० विश्वकप खेल्दै गरेको न्युजिल्यान्ड पनि पहिलो प्रयासमै सफलता हात पार्ने दाउमा छ । टी–२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध न्युजिल्याण्डले एक म्याच खेलेको छ । सन् २०१६ मा भएको विश्वकपमा भएको सो खेलमा उसले अस्ट्रेलियालाई ८ रनले पराजित गरेको थियो ।
‘प्लेयर्स टु वाच’
एडम जम्पा (अस्ट्रेलिया)
अस्ट्रेलियालाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका स्पिनर जम्पा जारी विश्वकपमा उत्कृष्ट लयमा छन् ।
सर्वाधिक विकेट लिने सूचीमा दोस्रो स्थानमा रहेका जम्पाले ६ खेलमा २३ ओभर बलिङ गर्दा १३१ रन दिएर १२ विकेट हात पारेका छन् । उनले ५.६९ को इकोनेमी रेटमा बलिङ गरिरहेका छन् । फाइनल खेलमा पनि यो लयलाई कायम राख्न सके जम्पा न्युजिल्यान्डका लागि प्रमुख समस्या बन्न सक्छन् ।
डेरिल मिचेल (न्युजिल्यान्ड)
मिचेल न्युजिल्यान्डका प्रमुख ब्याटर हुन् । उनले टोलीका लागि ६ खेलमा १४.७१ को स्ट्राइक रेटमा १ अर्धशतकसहित १९७ रन बनाएका छन् ।
जारी विश्पकपमा उनले १५ चौका र ९ छक्का प्रहार गरिसकेका छन् । फाइनलमा पनि आफ्नो लय समात्न सके उनी अस्ट्रेलियाका लागि घातक बन्न सक्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।