कालीकोटमा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

कालीकोटबाट नेकपा (एमाले) को १० औँ महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । शनिबार भएको जिल्ला भेलाबाट १४ जना महाधिवेशनका प्रतिनिधि निर्विरोध चयन भएका हुन् । 
 
१० देखि २० मंसिरसम्म चितवनमा हुने अधिवेशनका लागि १४ जना प्रतिनिधिलाई चयन गरिएको हो ।

अधिवेशनमा खुल्लातर्फबाट नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही चयन भएका छन् । 

दलित तथा जनजातितर्फबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चयन भएको एमाले कालीकोटका जिल्ला अध्यक्ष नगेन्द्र शाही ‘नेशनल’ले जानकारी दिए ।

दलित महिला कोटाबाट महाधिवेशन प्रतिनिधि हुने गोमा नेपाली सबैभन्दा कम उमेरको रहेको अध्यक्ष शाहीले बताए ।

 ‘उहाँ २५ वर्षको युवा महिला नेतृ हो,’ उनले भने, ‘एमालेमा अहिले युवा पंक्तिको खाँचो भएकाले उहाँलाई महाधिवेशन प्रतिनिधि छनोट गरेका हौं ।’

त्यस्तै, महाधिवेशन प्रतिनिधिमा बनेका वकिल बम पनि कम उमेरमा नै महाधिवेशन प्रतिनिधि भएको अध्यक्ष शाहीले बताए ।



 ‘हामीले विशेष गरेर दलित महिला र युवाहरूलाई नै महाधिवेशन प्रतिनिधि बनाउनेमा जोड दिएका छौं,’ उनले भने, ‘जसले गर्दा पार्टीमा सबैको समान प्रतिनिधित्व होस् भन्ने हाम्रो चाहना हो ।’ 



  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १३:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया