आज ३०६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

गत २४ घण्टामा देशभर ३०६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआरबाट २९१ र एन्टिजेन परीक्षणबाट १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज ९ हजार ६०६ जनाको पीसीआर र १५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । सोही अवधिमा ३४८ जना कोरोनामुक्त हुँदा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४७७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ छ ।   





  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १७:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया