नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने भएको छ ।
आइतबार बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समितिमा केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य रहेन छन् ।
महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको प्रवक्ता शर्माले जानकारी गराए ।
उनका अनुसार भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले जिम्मेवारी पाएका छन् । बैठकले विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महत र प्रचार संयोजकको जिम्मेवारी विश्वप्रकाश शर्मालाई दिएको छ ।
मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन् ।
स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको प्रवक्ता शर्माले बताए । उनका अनुसार महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।