सर्वोच्चमामा बन्दी र अन्य मुद्दामा पनि सुनुवाइ

सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दशवटा इजलास पेसी तोकेका थिए । त्यसमध्ये न्यायाधीशहरू कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरी रिट जारी गरेको छ ।

त्यस्तै, न्यायाधीशहरू तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण, आगो लगाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सुनुवाइ गरेको छ । 

तीनवटा मुद्दामा सुनुवाइ गरी अन्य आदेश जारी गरेको छ । सुनुवाइका लागि पेसी तोकिएका अन्य आठ, छवटा संयुक्त इजलास र बेन्च नबसेको र  हेर्न नभ्याइएको पनि उल्लेख गरिएको छ । शुक्रबार कुनै पनि मुद्दामा सुनुवाइ नै भएको थिएन । प्रधानन्यायाधीश राणाले आज आफ्ना लागि कुनै पनि इजालास तोकेका थिएनन् ।
 
यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए । 

सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशको जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १९:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया