रायलाई फिर्ता बोलाउँदै मुख्यमन्त्री राउत, समाजवादीका महतो मन्त्री बन्ने सम्भावना

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट एकजना मन्त्रीलाई फिर्ता बोलाउन लागेका छन् । 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई सरकारबाट फिर्ता बोलाउन लागेको स्रोतले जनाएको छ । 

जनता समाजवादी पार्टी नेपाल फुटेपछि पार्टी र सरकार जोगाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराइसकेका मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनका लागि मन्त्री रायलाई राजीनामा दिन निर्देशन दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

स्रोतका अनुसार मन्त्री रायले राजीनामा दिएलगत्तै नेकपा एकीकृतलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतको योजना रहेको छ । 

नेकपा (एस) ले मुख्यमन्त्रीसँग एक महिनादेखि आकर्षक मन्त्रालय माग्दै त्यसका लागि लविङ्ग गर्दै आएको स्रोतको भनाइ छ ।

मन्त्री रायले राजीनामा दिएपछि सरकारमा सहभागी हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता सत्रुधन महतोलाई दिइनेछ ।  



मुख्यमन्त्री राउतले आफ्नो अधिनस्थ राखेका दुई मध्ये थप एक मन्त्रालय पनि सो पार्टीलाई दिने जनाइएको छ । 

स्रोतले दिएको जानकारी अनुसार सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई पनि मुख्यमन्त्री राउतले राजीनामा दिन निर्देशन दिएका छन् । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २०:०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया