एमाले महाधिवेशनः मोरङबाट पर्शुराम बस्नेत छानिए सर्वसम्मतीमा प्रतिनिधि

नेकपा एमालेको दशौं महाधिवेशनका लागि मोरङबाट पनि सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट सर्वसम्मतिमा पनि प्रतिनिधि छानिएका छन् । दशौं महाधिवेशन प्रतिनिधिमा पर्शुराम बस्नेत पनि सर्वसम्मतिमा छानिएका छन् । उनी प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिवसमेत हुन् ।

मोरङबाट ५७ जना प्रतिनिधि छानिनु पर्नेमा यसअघि १ सय ७० जनाले मनोनयन दर्ता गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत प्रतिनिधि छान्न बढी प्राथमिकता दिएकाले आफूहरुले सर्वसम्मतिमा प्रतिनिधि छानेको बस्नेतले जानकारी दिए ।

‘यो एकता महाधिवेशन हो भनेर अध्यक्षले भनेअनुरुप हामीले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानेका हौँ’ बस्नेतले भने, ‘यसले सकारात्मक सन्देश प्रवाह गरेको छ ।’

मोरङमा यो सहमतिमा प्रतिनिधि चयन हुनुमा विनोद ढकालको विशेष भूमिका रहेको बताइएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रदेश एकका सचिव विनोद ढकालले सर्वसम्मत प्रतिनिधि चयनका लागि एमाले नेता तथा कार्यकर्ताहरुकाे उत्साह नमर्नेगरि सहजीकरण गरेका थिए ।

मोराङबाट एमाले महाधिवेशनका लागि छानिएका प्रतिनिधि हुन्– 

 





  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २१:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया