कांग्रेस महाधिवेशन : मंसिर २१ मा मतदाता नामावली प्रकाशन, २६ गते मतगणना

नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका तय गरेको छ । आइतबार कांग्रेस निर्वाचन समितिले तयार पारेको तालिकाअनुसार महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुनेछ । 

२१ गते महाधिवेशन कार्यक्रम अन्तर्गत मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ । २२ गते मतदाता नामावलीमाथि दाबी–विरोध तथा उजुरी र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिनेछ । 

२३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ भने मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै २५ गते मतदान हुनेछ भने २६ गतेबाट मतगणना गरिनेछ । 






  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २१:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया