प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो सात संयोजक
फरकधार / २८ कात्तिक, २०७८

नेपाली कांग्रेसले सातै प्रदेशको अधिवेशनका लागि केन्द्रीय संयोजक तोकेको छ। आगामी मंसिर १६ र १७ गते हुने प्रदेश अधिवेशनका लागि संयोजकहरु तोकिएका हुन् । 



कांग्रेसले प्रदेश १ को प्रदेश अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने निर्णय गरेको छ । 

प्रदेश १ को संयोजकमा नेता कृष्णप्रसाद सिटौलालाई बनाइएको छ। यसैगरी प्रदेश २ को संयोजकको जिम्मेवारी रमेश रिजाललाई दिइएको छ।



यस्तै, बागमती प्रदेशको संयोजकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई तोकिएको छ भने गण्डकी प्रदेश अधिवेशनका लागि गोपालमान श्रेष्ठलाई संयोजक बनाइएको छ।



यस्तै लुम्बिनी प्रदेशका लागि बालकृष्ण खाँण संयोजक तोकिएका छन् भने कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडूलाई संयोजक बनाइएको छ।

यी जिम्मेवारी तोकिएका नेताहरूको समन्वयमा सातै प्रदेशमा कांग्रेसले प्रदेश अधिवेशन सम्पन्न गर्ने कांग्रेसले बताएको छ।


  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २१:४७:५८,   अन्तिम अपडेट : कात्तिक २८, २०७८ आइतबार २२:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया