लिबियाका शासक गद्दाफीका छोराले दिए राष्ट्रपतिमा उम्मेदवारी

लिबियाका तत्कालीन शासक मौमुर गद्दाफीका छोराले त्यहाँ हुन लागिरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका छन् । 

लिबियामा डिसेम्बरमा हुन लागेको निर्वाचनमा सैफ अल इस्लाम अल गद्दाफीले उम्मेदवारी दिएका हुन् । 

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्वीरमा ४९ वर्षीय इस्लाम गद्दाफी सिभास्थित निर्वाचन केन्द्रमा पुगेर उम्मेदवारी दर्ता गरेको देखिन्छ । उनी 
उम्मेदवारी दर्ता गर्न परम्परागत पहिरनमा सजिएर पुगेका थिए। 

इस्लाम अल गद्दाफीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएको सरकारले पुष्टि गरेको छ । राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुमध्ये इस्लाम चर्चित व्यक्ति हुन् ।

गद्दाफी पुत्र इस्लाम राष्ट्रपति निर्वाचनका लागि योग्य उम्मेदवार नभएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । राष्ट्रपतिका लागि उम्मेदवारी दिने अन्य व्यक्तिहरुमा खालिफा हफतार, प्रधानमन्त्री अब्दुलहमिद अल डिविबा र सभामुख अग्युला सालेह छन् । तर, निर्वाचनको निस्पक्षतामाथि विरोधीले प्रश्न गरेका छन् । 

शुक्रबार पेरिसमा भएको एउटा सम्मेलनमा निर्वाचन विथोल्नेलाई प्रतिबन्ध लगाउने सहमति भएको थियो । तर, निर्वाचन हुन केही साता मात्र बाँकी हुँदा निर्वाचनमा कसले प्रतिस्पर्धा गर्न पाउने भन्ने बारेमा निश्चित कानुन बन्न सकेको छैन । 



इस्लामका बाबु तथा तत्कालीन राष्ट्रपति मौमुर गद्दाफीलाई नेटो समर्थित सेनाले सत्ताच्युत गरेको थियो । सत्ताच्युतपछि लुकेका गद्दाफीलाई विपक्षी लडाकुहरुले गृहनगर सिर्तेमा सन् २०११ मा नियन्त्रणमा लिएर हत्या गरेका थिए।
 



  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार ७:३३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया