रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ पकलेका ४८ वर्षीय चन्द्र प्रसाद अर्याल रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।
हिजो बेलुकी पौने ८ बजे रोकिराखेको लु २ त ९७ ९९ नम्बरको ट्याक्टरमा, लु ३३ प ७६ १५ नम्बरको मोटरसाइकल ठोकिन पुगेको थियो । दुबै सवारी साधनसहित ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।