सूर्यले करिब आधा उमेर काटिसक्यो, अब कसरी होला यसको मृत्यु?

नासाको हबल टेलिस्कोपले एउटा नयाँ तस्बिर खिचेको छ । भविष्यमा सूर्यको मृत्य कसरी होला भन्ने विषयमा उक्त तस्बिरबाट अनुमान गर्न सकिन्छ । सूर्य हाइड्रोजन र हिलियम ग्यासको एक औसत आकारको तातो डल्लो हो, जुन ४.५ अर्ब वर्षअघि बनेको थियो ।

सूर्यले लगभग आफ्नो आधा उमेर काटिसकेको छ । यसको व्यास लगभग ८६४,०००(१.४ मिलियन किलोमिटर) रहेको छ । यसको सतहको तापमान करिब १० हजार डिग्री फरेनहाइट अर्थात् साढे पाँच हजार डिग्री सेल्सियस रहेको छ ।

एनजिसी २४३८ प्लानेटरी नेब्युला सूर्यजस्तै एक तारा हो । यो पृथ्वीबाट करिब १३७० प्रकाश वर्ष टाढा छ । प्लानेटरी नेब्युला विशाल परिमाणको ग्यासको बादल हो, जुन सूर्यजस्तै मर्ने सिताराबाट निक्लन्छ । एक नयाँ रिपोर्ट अनुसार, आफ्नो जीवनकालको अन्त्य समयमा सूर्यको हाइड्रोजन सकिने छ । यसले सूर्यलाई अस्थिर बनाइदिने छ र एक सफेद सानो डल्लाको रुपमा यसको अस्तित्वका अन्त्य हुनेछ ।

सनस्पट र अन्य घटनाहरुका कारण चमकको सन्दर्भमा सूर्य अन्य ताराहरुको तुलनामा निकै कम सक्रिय प्रतीत हुन्छ । हबलको तस्बिरमा नीलो रङले अक्सिजनलाई देखाएको छ, हरिया हाइड्रोजन, सुन्तले नाइट्रोजन र रातोले सल्फरलाई देखाएको छ । 

हबलले यो तस्बिर वाइड फिल्ड र प्लेनेटरी क्यामरा २ बाट खिचेको थियो । नासाको हबल स्पेस टेलिस्कोपलाई १९९० मा पृथ्वीको तल्लो कक्षमा ‘लन्च’ गरिएको थियो ।

बुढो हुँदैछ हबल टेलिस्कोप



हबल टेलिस्कोपले प्रायः स्पेसको अद्भुत तस्बिर खिच्दै आएको छ, जुन नासाको अफिसियल इन्स्टाग्राम ह्यान्डलमा हेर्न सकिन्छ । तर हबलमा केही समयदेखि समस्या आइरहेको छ । १९९० मा सार्वजनिक गरिएको हबल टेलिस्कोप अब विस्तारै पुरानो अर्थात् बूढो हुँदै गएको छ । कयौं पटक यसको मर्मत पनि गरिसकिएको छ, तर पनि यसमा समस्या आइरहेको छ । नासाले अब हबलको सट्टा १० अर्ब डलर पर्ने जेम्स वेब टेलिस्कोप लन्च गर्ने भएको छ । 



  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १९:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया