आज ४१६ संक्रमित थपिँदा २७० जना डिस्चार्ज

गत २४ घण्टामा देशभर ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४०२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।  

देशभर हाल ७ हजार ३११ जना सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ । आज २७० संक्रमणमुक्त ​​भएका छन् । कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ ।

आज काठमाडौं उपत्यकामा १८७ जनामा संक्रमण पुष्टि भएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १६:५९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया