कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेको निर्णयलाई कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ ।
पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई कामकाजमा रोक नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रिस्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावललाई कामकाज गर्न रोक लगाएका थिए ।
उनले आफ्नो पार्टीनिकट डा. निमेश थापालाई उपकुलपतिको जिम्मेवारी दिएका थिए । उनको यो निर्णयविरुद्ध डा. रावलले रिट निवेदन दर्ता गरेका थिए । पाटन उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
यसअघि फरकधारमा यही विषयमा छापिएका दुई समाचार पढ्नुहोस्–
स्वास्थ्यमन्त्री खतिवडाको स्वार्थ र राजनीतिक ‘इगो’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डामाडोल
समस्या 'बिपी'मा, राजनीतिक स्वार्थ पूरा गर्न स्वास्थ्यमन्त्री खतिवडा डामाडाेल बनाउँदै छन् 'कर्णाली'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।