भ्रष्टाचार र अपारदर्शीताविरुद्ध आवाज उठाउन पत्रकारलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरुको क्षमता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । 
सोमबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, राष्ट्रिय समाचार समिति (रासस) शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा बोल्दै उनले सो प्रबिद्धता जनाएका हुन् । 

अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) सरकारी समाचार संस्था भएको उल्लेख गर्दै त्यसले जनसरोकारका सबै आवाजहरुलाई उजागर गर्नुपर्ने आवश्यक्ता औँल्याए । राससले सरकारको प्रवक्ताको रुपमा काम गर्नुपर्ने बताउँदै उनले सरकारको कमी कमजोरीलाई पनि पारदर्शी रुपमा आवाज उठाउनुपर्ने बताए । 

राससको संरचनालाई नयाँ ढंगले विकिसित गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धि गर्न आवश्यक छ, यसमा तालिमको लागि के सहयोग गर्नुपर्छ माग गर्नुभयो भने त्यसअनुसार सहयोग गर्न सरकार तयार छ ।’

अर्थमन्त्री शर्माले सरकारमा भएका भ्रष्टाचार र अपारदर्शीताविरुद्ध आवाज उठाउँदै आत्मनिर्भर अर्थतन्त्रमा अघि बढेर राष्ट्रिय स्वाधीनता, रोजगारी र युवा जनशक्तिलाई देशमै स्थापित गर्ने काममा प्रेस सेन्टर नेपालले भूमिका खेल्नुपर्ने बताए । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १७:२६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया