बाजुरा एमाले : महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि, जिल्ला कमिटी सदस्य रेग्मीले दिइन् राजीनामा

नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम टुंगो लगाएको छ । 

महाधिवेशनमा बाजुराबाट सहभागी हुने प्रतिनिधिको नाम जिल्ला कमिटीले टुंगो लगाएसँगै पार्टीका कार्यकर्ताले प्रतिनिधि छनोटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । 

तीन दिनदेखिको सहमतिको प्रयासपछि सोमबार महाधिवेशन प्रतिनिधिका लागि बाजुराबाट २० जना प्रतिनिधि छनोट भएका छन् । जिल्ला कमिटी सदस्यमा मनोनित भएकी नेतृ श्रृष्टि रेग्मीले प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै पार्टीको जिल्ला कमिटी सदस्यबाट राजीनामा दिएकी छन् ।

बाजुरामा महाधिवेशन प्रतिनिधि छनोटमा नेतृत्व तहबाटै मनोमानी तरिकाले प्रतिनिधि छनोट गरेको जिल्ला कमिटीका एक नेताले आरोप लगाएका छन् । उनले बाजुरामा महाधिवेशन छनोट प्रक्रिया नै गलत ढंगबाट भएको दाबी गरेका छन् ।

ती नेताका अनुसार महाधिवेशनमा सहभागी हुनका लागि जिल्लाबाट खुलातर्फ १० जना हुनुपर्नेमा ११ जनालाई प्रतिनिधि बनाइएको छ । 

जसमा रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही, भरतबहादुर बुढा, भरतबहादुर थापा, जनककुमार बोहरा, अम्मरबहादुर खडका, हरि बहादुर रोकाया, मनलाल खत्री र बल्देव रेग्मी छन् ।



त्यस्तै, दलिततर्फ ४ जना पुरुष र २ महिला हुनुपर्नेमा ३ जना पुरुष मात्र समेटिएका छन् । जसमा काँसी बिक, पदम नेपाली र मोहन नेपाली छन् । 

दलित कोटाबाट काटेर खुलामा एकजनालाई थप गरी ११ जना प्रतिनिधि बनाइएको छ । त्यसैगरी दलित महिलातर्फ २ जना हुनुपर्नेमा एकजना राजकला सार्कीलाई मात्र प्रतिनिधि बनाइएको छ । 



दलितको कोटामा जनजातिबाट बसन्ति गुरुङ्गलाई प्रतिनिधी बनाइएको छ । त्यस्तै, महिलाबाट बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी र माया कुँवरलाई प्रतिनिधि बनाएको छ ।

एमाले बाजुराले २० जना प्रतिनिधि छनोट गर्दा एमालेभित्रका प्रभावशाली नेताहरू महाधिवेशन प्रतिनिधि जानबाट बञ्चित भएका छन् । जसमा लालबहादुर ओली, दयालबहादुर शाही, मीनबहादुर विष्ट, चन्द्र बहादुर थापालगायत छन् । 

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने तय गरिएको छ । 

  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १९:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया