राक्सिराङमा एक्साभेटरमा आगजनी, दुईवटामा तोडफोड
फाइल फाेटाे

मकवानपुरको राक्सिराङमा अज्ञात समूहले एउटा एक्साभेटरमा आगजनी गरेको छ । सो समूहले अन्य दुईवटा एक्साभेटरमा तोडफोड गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको ऋद्धिसिद्धि सिमेन्ट उद्योगको राक्सिराङ गाउँपालिका–४ गिंगु खानीमा एउटा एक्साभेटरमा आगजनी भएको हो ।

मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको भवन अगाडि पार्किङमा रहेको तीनवटा एक्साभेटरमध्ये प्रदेश ३-०१-००३ बा ५७३४ नम्बरको एक्साभेटरमा आगजनी हुँदा पूर्णरूपमा क्षति भएको छ ।  

त्यसैगरी, पार्किङ गरेको बा२क५८९ र बा३क६९७ नम्बरको एक्साभेटरमा तोडफोड भएको छ । आगजनी र तोडफोड कसले गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १९:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया