नेपाली महिला क्रिकेट टोलीले कतारको सामना गर्दै

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले लामो समयपछि अन्तर्राष्ट्रिय खेल खेल्दैछ । आइसिसी वुमन्स टि-२० एसिया छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको अन्तर्राष्ट्रिय टि-२० सिरिज खेल्न लागेको हो ।

सिरिजको पहिलो खेल मंगलबार दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । 

नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । नेपाली टोली २३ महिनापछि अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिँदै छ ।
 
नेपालले पछिल्लो पटक नेपाली महिला क्रिकेट टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत डिसेम्बर ७ मा बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो।
 
सिरिजको दोस्रो खेल मंसिर १ र तेस्रो तथा अन्तिम खेल २ गते (१७ र १८) मा हुनेछ ।

कतारअघि टोली अभ्यासको लागि कार्तिक १८ मा बंगलादेश भ्रमण गएको नेपालले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकएसपी) सँग तीन खेलको टि-२० सिरिज २-१ ले जितेको थियो । 

कतार भ्रमणपछि नेपाली टोली टि-२० वुमन्स विश्वकप एसिया छनोटका लागि मंसिर ३ मा युएई प्रस्थान गर्नेछ । 

टि-२० वुमन्स विश्वकप एसिया छनोटमा आयोजक युएइ सहित नेपाल, हङकङ, भुटान, कुवेत र मलेसियाको सहभागिता छ । 



टि-२० विश्वकप एसिया छनोट मंसिर ६ देखि १२ (९ नोभेम्बर २२ देखि २८ सम्म) हुनेछ । शीर्ष टोलीले अर्को वर्ष दक्षिण अफ्रिकमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । 

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । उसले दोस्रो खेलमा मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।



नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएइसँग खेल्नेछ । 

१४ सदस्यीय नेपाली टोली 

रुविना क्षेत्री (कप्तान),सीता राना मगर, अप्सरी बेगम, करुणा भण्डारी, इन्दु वर्मा, सरिता मगर, डली भट्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, काजोल श्रेष्ठ, कविता जोशी, सबनम राई, कविता कुँवर र संगीता राई

वैकल्पिक : सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार ७:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया