भारतीय क्रिकेटर हार्दिक पाण्डेयको पाँच करोडको घडी विमानस्थलमा जफत

भारतीय क्रिकेटर हार्दिक पाण्डेयको दुई वटा घडी भारतको भन्सार विभागले जफत गरेको छ । दुबईबाट भारत फर्किरहेका पाण्डेयसँग रहेको दुई वटा घडी मुम्बईको छत्रपति शिवाजी विमानस्थलबाट विभागले जफत गरेको हो । 

ती दुई घडीको मुल्य पाँच करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ । न्युज एजेन्सी एएनआईका अनुसार क्रिकेटर पाण्डेय​सँग ती घडी खरिद गरेको सही रसिद नभएपछि विभागले जफत गरेको हो । 

क्रिकेटर पाण्डेयले भने घडी जफत गरेको कुरा गलत भएको जनाएका छन् । ‘म आफै मुम्बई विमानस्थलमा दुबई बाट ल्याएका सबै सामानको कर तिर्न गएको थिएँ । अहिले विमानस्थलमा भएको भनेर जे कुरा बाहिर आएको छ त्यो गलत हो,’ पाण्डेयले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

आफूले खरिद गरेको घडीको मुल्य १.५ करोड भारतीय रुपैयाँ भएको दाबी उनले गरेका छन् । भन्सार विभागले ती घडीमा कर कति लिने भन्ने सम्बन्धमा घडीको मुल्यांकन गरिरहको उनले बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार ११:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया