यही अगस्टमा पुरानो सत्ता ढालेर नयाँ सरकार गठन गरेकाे तालिबान समूहले महिला र पुरुषलाई बराबर अधिकार दिने बताएको थियो ।
तालिबानले महिलालाई अधिकार र थप सुरक्षा प्रदान गर्ने जनाए पनि त्यो ‘एकादेशको कथा’ भएको छ । बरु, तालिबान सत्तामा पुगेपछि महिलामाथि शृंखलाबद्ध बर्बर हिंसा भएका छन् ।
युवतीहरूलाई विद्यालय जान रोक लगाइएको छ । तालिबानले सत्तापलट गर्दा घरमै बस्न भनेका महिला कर्मचारी अझै पनि कार्यलयमा फर्किन पाएका छैनन् । सरकारमा महिला सहभागिता शून्य छ । उनीहरुको बोली र व्यवहारमा तालमेल हुन सकेको छैन।
एक पछिल्लो घटनामा अफगान किशोरीलाई तालिबान कमान्डरले निर्घात कुटेका छन् । किशोरीले यौन सम्पर्क गर्न अस्वीकार गरेपछि तालिवानले कुटेका हुन् ।
सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोमा किशोरीको शरीरमा निलडाम र चोट देख्न सकिन्छ । हेरात प्रान्तमा सो घटना भएको हो ।
ट्विटरमा सेयर गरिएको एउटा भिडियोमा कमान्डरले कुटेपछि ती किशोरी चिच्चाएकी देखिन्छन् ।
किशोरीको पिँठ्यु, खुट्टालगायत शरीरका अन्य अंगमा चोट लागेको छ । तर, तालिवानले यी सबै आरोप अस्वीकार गरेको छ । किशोरी बलात्कारमा कमान्डरको कुनै संलग्नता नरहेको तालिवानले दाबी गरेका छन् ।
गृहमन्त्रालयले सो घटनामा संलग्न रहेको आशंकामा एक किशोर र किशोरीलाई सार्वज्निक गरेको छ । तालिबानले घटनालाई अन्यत्रै मोड्न खोजेको स्थानीयले आरोप लगाएका छन् ।
तालिबानले आफ्ना कमान्डरको लाज छोप्न र विषयलाई तोडमोड गर्न त्यस्तै प्रकृतिको अर्को भिडियो बनाएको स्थानीयले बताएका छन् । तालिवानले सार्वजनिक गरेको भिडियोमा देखिएकी किशोरी वास्तविक पीडित नभएको जनाइएको छ ।
‘काबुलको १२ औं जिल्लामा आफूमाथि बलात्कारको आरोप लगाउने किशोरीलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको छ’, तालिबानका उपप्रवत्ता इनामुल्लाह समनगानीले भने । –न्युज कारखाना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।