प्रदेश १ मा बन्दको आंशिक प्रभाव : शैक्षिक संस्था बन्द, उद्योगधन्दा सुचारु

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दकाे प्रभाव प्रदेश १ मा आंशिक रूपमा परेकाे छ ।

बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् । सडकमा सवारीका साधन कम चल्दा सर्वसाधारणले समस्या भोग्नु परेको छ ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सडकमा अटो, सफारी भने प्रशस्त चलेका छन् । लामो दूरीका बस, माइक्रो र म्याजिक भेन न्यून मात्रामा चलेका छन् ।

सार्वजनिक सवारीका साधान कम चल्दा अटो तथा सफारीले तोकिएको भन्दा बढी शुल्क लिएकाे सर्वसाधारणकाे भनाइ छ ।

बन्दका कारण शैक्षिक संघ संस्थाहरू बन्द भएका छन्  भने बजार पसल पनि आधाजसो बन्द अवस्थामा छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगहरू भने निर्वाध रूपमा सञ्चालनमा रहेका छन् ।



बन्दकर्ताहरू सडकमा नआए पनि हिजो माइकिङ गरेकाले बन्दका आंशिक प्रभाव परेको देखिएको छ । नेकपाका कार्यकर्ताहरूले हिजो बन्दको आह्वान गर्दै प्रदेशका ठूला शहरहरूमा माइकिङ गरेका थिए ।
 



  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १३:२१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया