रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी समस्याबारे छलफल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मंगलबार फोन वार्ता भएको छ । त्यस फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा कुराकानी भएको थियो ।

मंगलबार बिहान रुसी राष्ट्रपति पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोंलाई फोन गर्नुभएको थियो । त्यसक्रममा उहाँहरुका बीचमा उक्त विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले पोल्याण्डको प्रहरीले बेलारुसका आप्रवासीहरूलाई नराम्रो व्यवहार गर्ने गरेको भन्ने विषयमा कुरा उठाएका थिए । रुसी राष्ट्रपति पुटिनले यस विषयमा युरोपियन युनियनका नेता तथा तथा पोल्याण्डका नेताहरुले बेलारुससँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि आग्रह गरेको क्रेमलिनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस विज्ञप्तिमा उनीहरूबीचको फोनवार्ताका क्रममा युक्रेनका विषयमा पनि कुराकानी भएको थियो । उनीहरूबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

पूर्वी युक्रेनका द्वन्द्वपीडितको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरूका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १३:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया