प्रदेश १ : आजको प्रदेशसभा बैठक स्थगित गर्न एमाले सांसदको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रदेश १ को बैठक स्थगित गर्न माग गरेको छ । अधिवेशनका लागि जिल्ला गएका प्रदेशसभा सदस्यहरू आइनपुगेको भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको हो । 

एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिराज राजभण्डारीले बन्दका कारण जिल्ला गएका प्रदेश सभा सदस्य आइनपुगेकाले आजको बैठक स्थगित गर्न माग राख्दै संसद् सचिवालयमा पत्र दिएको बताए ।  

उनले सदन चलाए पनि एमालेको सदनमा प्रतिनिधित्व नहुने बताए । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यतालिका छ । संसद् चलाउने वा स्थगित गर्ने विषयमा टुंगो लागिसकेको छैन ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १४:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया