प्रदेश १ : एमाले सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगित

प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची भएपनि विपक्षी दलका कुनै पनि प्रदेशसभा सदस्य संसदमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो । 

बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले विपक्षी दलका प्रदेशसभा सदस्य उपस्थित नभएको भन्दै भोलि ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । 

यसअघि एमालेले बैठक स्थगित गर्न माग राख्दै संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १४:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया