दशौँ महाधिवेशन : महासचिवमा उठ्ने पोखरेलको घोषणा, थाले प्रचार

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको आसन्न १० औँ अधिवेशनमा आफ्नो उम्मेदवारी रहने बारेमा प्रचार सुरु गरेका छन् । उनले आफूले महासचिव पदमा उम्मेदवारी दिने भनेर प्रचार सुरु गरेका हुन् ।  

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले अघोषितरूपमा प्रचार थालेका हुन् । उनले महासचिव पदमा उम्मेदवारी दिएको ब्यानर सामाजिक सञ्जालमा भाइरलसमेत भइरहेको छ । 

यद्यपि, पोखरेल नै महासचिव बन्ने अहिलेसम्म टुंगो छैन । एमालेले पदाधिकारीमा सर्वसम्मत गर्ने भनेको छ । तर, पोखरेलले भने आफू महासचिवमा उठ्ने भनेर प्रचार थालेका छन् ।

दशौँ महाधिवेशनमा विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पनि महासचिवमा उम्मेदवारी दिने सम्भावना बढी छ । एमालेको १० औँ महाधिवेशन आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुँदैछ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १५:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया