कफीको निर्यात उत्साहजनक, महामारीमा पनि निर्यात झण्डै दोब्बरले वृद्धि

कोभिड संकटको बेलामा पनि नेपालबाट हुने कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ । 

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । 

कोभिडका कारण विश्व नै आर्थिक संकटमा परेको बेलामा पनि नेपालमा हुने कफी निर्यात करिव  दोब्बरले बृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कफीको निर्यातमा देखिएको उत्साहले नेपालको समृद्धिमा पनि यसले महत्वपूर्ण योगदान पु¥याउन सक्ने देखिएको बताए । 

मंगलबार कीर्तिपुरमा पत्रकार सम्मेलन गरी उनले भने, ‘विगत डेढ वर्षको अवधिलाई हेर्दा विश्व कोभिडको चपेटामा छ र विश्व आर्थिक संकटमा परेको बेलामा पनि कफीले आर्थिक पाटोमा केही हदसम्म पोजेटिभ ईन्डिकेशन गरेको देखिन्छ ।’ 

कफी क्षेत्रको विकास र उत्पादनमा लाग्ने हो भने आर्थिक समृद्धिको लागि यो एउटा कोशेढुंगा बन्न सक्ने दाबी उनले गरे । 



बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम संचालन गर्ने घोषणा पनि गरेको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईले युवाहरुलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पु¥याउन पनि आगामी आर्थिक वर्षबाट सो कार्यक्रम संचालन गर्ने योजना तय गरिएको जानकारी दिए । 

‘युवा लक्षित कफी विस्तार कार्यक्रम ल्याउने योजना तय गरिएको छ । आगामी वर्षबाट हामीले युवा लक्षित कफी विस्तार कार्यक्रम भनेर स्पेशल प्याकेजसहितको  योजना समावेश गरिएको जानकारी गराउँदछौं,’ उनले भने । 



बोर्डले त्यसका लागि प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरूमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरेको छ । 

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १५:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया