मंसिर १ गतेबाट लागू हुनेगरी कफीको नयाँ मूल्य सार्वजनिक

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ (भोली)देखि लागू हुनेगरी कफीको नयाँ मूल्य सार्वजनिक गरेको छ । 

मंगलबार कीर्तिपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कफीको नयाँ मूल्य सार्वजनिक गरिएको हो । 

‘किसानको लागत मूल्य र सरोकारवालाहरुको सुझावलाई आधार बनाएर यस वर्ष कफीको मूल्य निर्धारण गरिएको हो,’ बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले भने । 

भोलिदेखि लागू हुने कफीको मूल्यमा फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ । त्यसैगरी ग्रेड बि को सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ । 

पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड बि सो सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ । बोर्डले ड्राईचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य १४८ रुपैयाँ मूल्य तोकेको छ भने बी ग्रेडको सोही कफीको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ । 

बोर्डले उत्पादन क्षेत्र र उत्पादकत्व बढाएर नेपालमा पनि माग अनुसार कफी आपूर्ति गर्ने योजना अघि सारेको छ । कार्यकारी निर्देशक भट्टराईले नेपाली कफीको आन्तरिक तथा बाह्य बजारमा ठूलो डिमान्ड रहेको उल्लेख गर्दै सोही अनुसार यस क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता समेत जनाए । 



मंसिर १ गते नेपालमा कफी दिवस मनाइन्छ । बोर्डले सोही दिन पारेर कफीको नयाँ मूल्य सार्वजनिक गरेको हो । 



  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १६:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया