युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिएको छ ।
मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागू हुने भएको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औँ बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ)मा उक्त कार्यक्रम विस्तार गर्ने निर्णय गरेको हो ।
कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलाएका मन्त्री गहतराजले देशभरका युवालाई स्वरोजगार बनाउने उद्देश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागू गर्न निर्देशन दिएका हुन् ।
नेपाल सरकारबाट ०६५ सालमा स्थापना भएको कोषले युवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।