पूर्वमिस नेपाल इशानी श्रेष्ठ उद्योगपति तरुणप्रताप शाहसँग वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । सोमबार उनीहरुले काठमाडौंको एक पाँचतारे होटलमा इन्गेजमेन्ट गरेका हुन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै डिसेम्बर २१ तारिख अर्थात् पुस ६ गते विवाह गर्ने उल्लेख गरेकी छिन् । सन् श्रेष्ठ २०१३ मा मिस नेपाल बनेकी थिइन् ।
शाहले सेफर्ड कलेज, ट्रिटन कलेज, शुभश्री कलेज सञ्चालन गर्दै आएका छन् । उनी व्यापारी तथा उद्यमी विश्वनाथप्रसाद शाहका छोरा हुन् ।
इशानी सन् २०१३ को विश्व सुन्दरी प्रतियोगितामा उत्कृष्ट १० मा पुगेकी थिइन् । विश्व सुन्दरी प्रतियोगिताको उत्कृष्ट १० पर्ने उनी पहिलो नेपाली सुन्दरी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।