निधि–भाजपा प्रवक्ता भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीले मंगलबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग भेटवार्ता गरेका छन् । 

मंगलबार साँझ निधि निवास नयाँ बानेश्वरमा उक्त भेटघाट भएको निधिको सचिवालयले जनाएको छ । भेटमा नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी भएको बताइएको छ । 

भेटघाटमा भाजपा प्रवक्ता सोन्करकी पत्नी, डा. राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित जागरण मुक्ति अभियानका नेता खगेन्द्रसुनार सहभागी थिए। 

भेटघाटका क्रममा नेपाल भारतमा दलितहरुको अवस्था र तिनको हकहितको बारेमा समेत चर्चा भएको निधिको सचिवालयले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार २१:२९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया