मेडिकल कलेज सञ्चालन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिलाउन र स्वास्थ्यमा दक्ष जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना अत्यावश्यक रहेको बताएका छन् । 

मंगलबार गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको कन्फ्रेन्स प्रोसिडिङ विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताए । 

सरकारको प्राथमिकताको विषयलाई अगुवाइ गर्न उनले गण्डकी विश्वविद्यालयलाई आग्रह पनि गरेका छन् । दुई वर्षअगाडि सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले यसअघि नै मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेको छ।

विश्वविद्यालयलाई प्राविधिक, वास्तविक र व्यावहारिक तीनै कुरा आवश्यक पर्ने उल्लेख गर्दै उनले कतिपय निर्णय र कार्य प्राविधिक रुपमा मात्र हेरेर नहुने बताए। स्रोत, साधन र शक्तिले भ्याएसम्म सफल बनाउन पनि मिहिनेत गर्नुपर्ने उनले बताए । 

उनले छात्रवृत्ति वितरणमा देखिएको समस्या समाधानका लागि पनि संघ सरकारसँग समन्वय गर्नुपर्ने बताए । सरकार, नीति तथा योजना आयोग र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्न उनले आग्रह गरेका छन्।

कार्यक्रममा विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले विश्वविद्यालयले बेलायतको मिजोर विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदानका लागि सहमति गरिसकेको जानकारी दिए । कोरिया र नर्वेका विश्वविद्यालयसँग पनि सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार २२:०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया