राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाफल मंसिर दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले दिएको जानकारीअनुसार १५ मंसिरभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको छ ।
परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने, तालिकीकरण गर्ने, संपरीक्षण गर्ने कामहरु एकै साथ भएकाले परीक्षा समयमा नै प्रकाशित हुने उनले जानकारी दिएका छन् ।
३० भदौमा भएको १२ कक्षाको परीक्षा होम सेन्टरमा भएको थियो । यो परीक्षाअघि दुई पटक १२ कक्षाको परीक्षा स्थगित भएको थियो ।
झन्डै चार लाख विद्यार्थीले यसपटक १२ कक्षाको परीक्षा दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।