अमेरिकाले एक खतरनाक तथा गैर जिम्मेवार मिसाइल परीक्षणका लागि रुसको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अन्तरिक्ष यात्रीको जीवन खतरामा परेको बताएको छ ।
यो परीक्षणमा रुसले आफ्नै एक उपग्रहमाथि निशाना बनाएको थियो । यो उपग्रह विस्फोट हुँदा अन्तरिक्षमा फोहोर थुप्रिएको बताइएको छ ।
अन्तरिक्ष स्टेसनमा यति बेला सात अन्तरिक्ष यात्री रहेका छन् । यीमध्ये चार अमेरिकी, एक जर्मन र दुई रुसी नागरिक हुन् ।
रुसको यो कदमपछि अमेरिकाले यसको जवाफ मिल्ने बताएको छ । रुसको यो कामका कारण सबै देशलाई खतरा भएको पनि अमेरिकाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।