नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नयाँ घोषणा गरिएका आन्दोलनका कार्यक्रम आजबाट नै लागू गर्ने बताइएको छ ।
यसअघि सर्वोच्च अदालतअगाडि धर्ना दिँदै आएको बारले यसलाई निरन्तरता दिने भएको छ । बारको धर्नाका कारण पछिल्ला दुई दिन अदालत आउँदा प्रधानन्यायाधीश जबराले वैकल्पिक गेट प्रयोग गरेका थिए ।
सर्वोच्चमा विरोध प्रदर्शन गरिरहेको बारले आजबाट १८ वटै उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बारले प्रधानन्यायाधीश राणालाई शुक्रबारसम्म राजीनामा दिन पनि अल्टिमेटम दिएको छ । त्यसो त प्रधानन्यायाधीश जबराले यसअघि आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताइसकेका छन् । उनले यसअघि राजीनामा अहिलेको समस्याको निकास नभएको बताएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।