यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले सवारी अनुमतिपत्र (लाइसेन्स) वितरणको काम थालेको छ । २०७२ असारमा सेवा कार्यालय स्थापना भए पनि पहिलो पटक लाइसेन्स वितरणकाे काम थालेकाे हाे ।
यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट २९ कात्तिकबाट लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए ।
यसअघि कार्यालयले सवारी दर्ता, लाइसेन्स नवीकरणको काम मात्रै गरेकाे प्रमुख कार्कीले बताए । उनका अनुसार अब स्कुटीदेखि जीप, कार, भेनजस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको छ ।
यसैगरी कार्कीका अनुसार लाइसेन्सका लागि फाराम पनि खुल्ला भइसकेको छ ।
कार्यालयदेखि ३ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका- ९ गहिरुनमा १ बिगाहा क्षेत्रफल जमिनमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।