विवाहको तयारीमा जुटे विक्की–कट्रिना

बलिउड अभिनेता विक्की कौशल र कट्रिना कैफ ७–१२ डिसेम्बरमा हुने विवाहको तयारीमा पूर्ण रुपमा लागेका छन् । भारतीय मिडियाहरुले यसबारे ससाना अपडेटहरु पनि पछिल्लो समय प्रकाशन गर्न थालेका छन् ।

मिडियाहरुका अनुसार यी दुईको विवाह राजस्थानमा हुँदैछ । तर, अहिलेसम्म यी दुवैले आफूले कहाँ विवाह गर्न लागेको भनेर पुष्टि गरिसकेका छैनन् ।

कट्रिनाले विवाहबारे मिडियाले धेरै फलो गर्ने भएकाले एक साथीको घरमा बसेर यसको तयारी सुरु गरेको पनि भारतीय मिडियाले जनाएका छन् । 

यी दुईको विवाहमा कियारा आडवाणीले विशेष प्रस्तुति दिने पनि पछिल्लो अपडेटमा जनाइएको छ । यो विवाहमा सिमित साथीहरुलाई मात्र यी दुईले बोलाएका छन् ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार ७:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया