फिफा विश्वकप छनोटमा युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नर्वेमाथि २-० को जित हात पारेको छ ।
यो जितसँगै समूह ‘जी’ बाट नेदरल्यान्ड्सले अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्याे ।
डि कुइप स्टेडियममा नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन वर्गवाइन र मेम्फिस डिपाएले एक-एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४औं मिनेटमा स्टेभेनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । समयमा डिपाएले गोल गर्दा नेदरल्यान्ड्सले २-० को जित हात पार्याे ।
शीर्ष स्थानको नेदरल्यान्ड्सले १० खेलमा २३ अंक जोडदा नर्वे १८ अंकका साथ तेस्रो स्थानमा रह्यो ।
समूह ‘जी’का अन्य खेलमा टर्कीले मोन्टेनग्रोलाई २-१ तथा लात्भियाले जिब्राल्टरलाई ३-१ ले पराजित गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।