विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा घरेलु टोली अर्जेन्टिना ब्राजिलसँग बराबरीमा रोकिएको छ ।
स्टाडियो सान जुआन डेल बिचेन्टनारियोमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । अर्जेन्टिना र ब्राजिल पाएका केही अवसरलाई सदुपयोग नगर्दा अंक बाँड्न बाध्य बने ।
यो नतिजासँगै शीर्ष स्थानको ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दा अर्जेन्टिना समान खेलबाट २९ अंकका साथ दोस्रो स्थानमा कायम छ ।
छनोट अन्तर्गत नै भएका अन्य खेलमा बोलिभियाले उरुग्वेमाथि ३-० तथा पेरुले भेनेजुएलामाथि २-१ को जित हात पार्दा कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।