फ्रान्सले फेर्याे राष्ट्रिय झण्डा, धेरैले थाहा पाएनन्

फ्रान्सले आफ्नो देशको राष्ट्रिय झण्डा बदलेको छ । अब झण्डामा नीलो रङको स्थानमा गाढा नीलो रङ देखिने छ । यो रङ फ्रान्सिसी क्रान्तिको प्रतीक हो ।

फ्रान्सले आफ्नो राष्ट्रिय झण्डामा यो परिवर्तन एक वर्षअघि नै गरेको थियो । तर यसमा धेरैले ध्यान दिएका थिएनन् ।

झण्डामा अचानक बदलाब देखेर मानिसहरु अचम्मित छन् । झण्डामा बदलाबलाई लिएर राष्ट्रपति इमानुएल म्याक्रोंको कडा आलोचना भइरहेको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर राष्ट्रपति म्याक्रोंले यो परिवर्तन सन् १९१४ मा भएको दोस्रो विश्वयुद्धका आफ्ना सैनिक र फ्रि फ्रान्स क्रान्तिमा भाग लिने आफ्ना स्वयमसेवकको स्मरणमा गरेको जनाएको छ । 

सन् १९७६ मा तत्कालीन राष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’स्टाइंगले युरोपेली संघको झण्डासँग सामन्जस्यता मिलाउनका लागि हल्का नीलो रंग प्रयोग गरेका थिए ।

राष्ट्रपति कार्यालयले भनेको छ, ‘राष्ट्रपति इमानुएल म्याक्रोंले तीन रंगको झण्डामा गाढा नीलो (नेवी ब्लु) रंग छानेका छन् । जसले फ्रान्सिसी क्रान्ति, प्रथम र द्वितीय विश्वयुद्धका योद्धाको बलिदानलाई जनाउँछ ।’ 
 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार ८:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया