कतारलाई हराउँदै सिरिज जित्ने दाउमा नेपाल

नेपालले कतारसँग ३ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको दोस्रो खेल आज (बुधबार) खेल्दै छ ।

खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
 
घरेलु टोलीविरुद्ध मैदान उत्रिँदा नेपालको लक्ष्य एक खेल अगाबै सिरिजमाथि कब्जा जमाउने हुनेछ । कतार पनि पहिलो खेलमा बेहोरेको हारको बदला लिने प्रयासमा छ ।

नेपालले सिरिजको पहिलो खेलमा ११९ रनको फराकिलो जित हात पारेको थियो । तेस्रो तथा अन्तिम खेल बिहीबार (भोलि) हुनेछ ।

नेपालले आइसिसी वुमन्स विश्वकप एसियाली छनोटको तयारीस्वरूप कतासँग टि-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।

छनोटका लागि सिरिजपछि नेपाली टोली कतारबाट नोभेम्बर १९ मा युएई प्रस्थान गर्नेछ । 

 





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार ८:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया