प्रदेश-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले आज(बुधबार) विश्वासको मत लिने भएका छन् । राईले आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासकाे मत लिनेछन् ।

आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा नियमावलीअनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए ।

राई १६ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता राई मुख्यमन्त्री बनेका हुन् । 

विश्वासको मत लिएपछि उनले प्रदेशमा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । 

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । प्रदेशसभामा ९२ सदस्य छन् । जसमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । 

मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । सोमबार पाँच दलले आफ्ना सबै सांसदको भेला गरेर प्रदेशसभा बैठकमा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेका छन् ।



हिजाे (मंगलबार) नै मत लिने कार्यतालिका रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सदस्य नआएपछि प्रदेशसभा बैठक स्थगित भएकाे थियाे ।



  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार ९:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया