१९.८७ प्रतिशतले बढ्यो बीमा कम्पनीको नाफा

राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनामा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको तुलनामा १९.८७ प्रतिशत बढी हो । गत वर्ष यस कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा पनि बढोत्तरी भएको छ । 

यस अवधिमा कम्पनीले सात करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष पाँच करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। 

गत वर्ष ६ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो । तीन महिनामा कम्पनीले बीमा कोषको आकार ८.१७ प्रतिशतले बढाएर दुई अर्ब ४६ करोड रुपैयाँ पुर्‍याएको छ । गत वर्ष यसको बीमा कोषमा दुई अर्ब २७ करोड रुपैयाँ रहेको थियो । 

कम्पनीको हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा तीन अर्ब १७ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ९३ रुपैयाँ १४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ हजार २९२ रुपैयाँ ४६ पैसा छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १०:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया