प्रधानन्यायाधीश जबराले तोके उनी बिनाको इजलास

विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उनी बिनाको इजलास तोकेका छन् । जबराले आज(बुधबार) एकल एउटा र संयुक्त सातवटा इजलास तोकेका हुन् ।

यसअघि हिजो पनि उनले आफ्नो इजलास तोकेनन् । राजीनामा माग्दै आएका न्यायाधीशहरूले नतोक्न भनेपछि आफ्नो इजलास नतोकेका हुन् ।

न्यायाधीशहरूले आचरणको प्रश्न उठेपछि इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई भनेका थिए । उनीसँग जोडिएको आचरणको प्रश्न भनेको मन्त्रिपरिषद् र संवैधानिक निकायमा भाग लिएको भन्ने छ। 
 
यसैबीच, मंगलबार भने जबराको भद्र अवज्ञा गर्दै आएका न्यायाधीशहरूले केही मुद्दाको सुनुवाइ गरे।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १०:४४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया