जबरा ‘सम्माननीय’ भन्न अयाेग्य भइसकेकाे अधिवक्ता अधिकारीकाे दाबी

वरिष्ठ अधिवक्ता विश्वमणि अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ‘सम्माननीय’ भन्न अयोग्य भइसकेको दाबी गरेका छन् ।

आचरणको प्रश्न उठेको २१ दिन हुँदा पनि राजीनामा नदिएर बदनामी भएको भन्दै सम्माननीय विशेषणसमेत जबराले गुमाइसकेको बताए ।

सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसन आबद्ध कानुन व्यवसायीहरू आन्दोलित भएको साता दिनभित्र राजीनामा दिएको भए न्यायालयको गरिमामा क्षति नपुग्ने उनी बताउँछन् । 

३ मंसिरसम्ममा जसरी भए पनि राजीनामा दिनुपर्ने अधिकारीकाे भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार ११:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया